•            
    • sajhaonlinetv. com

    • १४ आश्विन २०८०, आईतवार १०:५८

    तीन घण्टा लामो बयान पछी,सरकारी वकिल कार्यालयमा लगियो

    नायक अनमोल केसीलाई नेपाल प्रहरीले तीन घण्टा लामो बयान लिए पछी सरकारी वकिलको कार्यालयतर्फ लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो ।
    उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
    अनमोललाई भेट्न भुवन केसीकी छोरी दिदी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् । उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ ।
    फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै