नेपाली चलचित्रका चर्चित नायक अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई प्रहरिले बोलाएको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।
काठामाण्डौ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।