काठमाण्डौ, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहरबारमा बसिरहेको छ।
देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय बाद-बिबाद बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बसेको हो। जातिय तथा धार्मिक दंग नबढोस भन्ने सरकार चाहाना हो । जातिय र धार्मिक सदभाव कायम रहन जरुरी छ ।
सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी छन्।
पछिल्लो केही सातायता सुनसरी, सर्लाही र बाँकेको नेपालगञ्जसहितका स्थानमा देशको सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि यो बैठक बसेको हो।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ। त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ।










