•            
    • sajhaonlinetv. com

    • १७ आश्विन २०८०, बुधबार ११:२०

    पुर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले बाँकेको नेपालगञ्ज घटनालाई लिएर अपिल जारी

    पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको नेपालगञ्ज घटनालाई लिएर अपिल जारी गरेका छन्।
    सभापति देउवाले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन आह्वान गरेका हुन्।
    बुधबार विज्ञप्ति जारी गर्दै देउवाले जाती, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरेका छन्।उनले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिलसमेत गरेका छन्।
    नेपालगञ्जमा हिन्दु र मुश्लिम समुदायबीच तनाव उत्पन्न भएपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै