•            
    • sajhaonlinetv. com

    • २४ आश्विन २०८०, बुधबार ०४:५७

    प्रधानमन्त्री ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीको शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
    राजदूत मेउली आज बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्रीको सचिवालय अनुसार आजको भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो । यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै