•            
    • sajhaonlinetv. com

    • २६ आश्विन २०८०, शुक्रबार ०१:४२

    नेपाली चलचित्र “राजमहल” मा नायकको खोजि । नायक रमेश उप्रेती, नायिका आँचल शर्मा, गरिमा शर्मा र डेब्यु नायिकाको रुपमा सिम्रन पन्त अनुबन्धित

    सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन नेपाली कथानक चलचित्र “राजमहल” मा नायकको खोजि भइरहेको छ ।
    छहारी मल्टी मिडिया प्रा.लीको प्रस्तुतीमा निर्माण हुन लागिरहेको नेपाली चलचित्र “राजमहल” मा चर्चित नायक रमेश उप्रेती, नायिका आँचल शर्मा, गरिमा शर्मा र डेब्यु नायिकाको रुपमा सिम्रन पन्त अनुबन्धित भैसकेका छन् । निर्देशक तोलाङ्गीले “राजमहल” मा एक मुख्य नायिकको खोजि भइरहेको बताए । “राजमहल” मा २२–२५ बर्षको आर्यन समुदायको पात्रको खोजि भैरहेको जानकारी निर्दशकले दिए ।
    “राजमहल” मा पोखराका युवा ब्यवसायी यश बहादुर गुरुङ, चितवानका गोल्ड ब्यवसायि माधव गहतराज ,शोभा श्रेष्ठ र लाइन प्रोड्युसरको रुपमा सरोज कंडेल,साहिल श्रेष्ठ र श्रीया तिमिल्सीना रहेका छन् ।
    चलचित्रको छायांकन चर्चित छायांकार पुरुषोत्तम प्रधानले गर्दै छन भने संगित चर्चित संगितकार अर्जुन पोखरेले गरिरहेका छन् । माघको पहिलो साताबाट छायांकनमा जाने चलचित्रको प्रिप्रोडक्सनको धमाधम काम भैरहेको छ ।
    चलचित्रको वर्किङ टाइटल “ह्वाइट हाउस” राखिएको थियो । चलचित्र दर्ता गर्दा “राजमहल” मा दर्ता गरिएको निर्माता यश बहादुर गुरुङले जानकारी दिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै