•            
    • sajhaonlinetv. com

    • १३ कार्तिक २०८०, सोमबार ०१:४०

    आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र सिंगापुर भिड्दै

    घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्दैछ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे सुरु हुनेछ।
    उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहान्छ।
    यसअघि घरेलु मैदानमा नै भएको त्रिकोणात्मक सिरिजमा टोली बाहिर रहेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन्। सन्दीप टोलीमा फर्कदा सन्दीप जोरा र ललित राजवंशी मध्य एक टोली बाहिर रहनेछन्।
    यसअघि भएको त्रिकोणात्मक टी–२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र लोकेश बम बाहिरिएका छन्।
    नेपाल टी–२० आई वरियताको १६ औं स्थानमा छ। सिंगापुर भने वरियताको ३६ औं स्थानमा छ।
    आजै हुने अर्को खेलमा समू बी का युएई र बहराइन बिहान ९ बजे मुलपानी मैदानमा खेल्नेछन्।
    आजको तेस्रो खेलमा समूए का ओमान र मलेसिया त्रिवि मैदानमा भिड्दा समूह बी का हङकङ र कुवेत मुलपानी मैदानमा दिउँसो सवा १ बजे खेल्नेछन्।
    नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्।
    समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
    फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा स्थान पक्का गर्नेछन्।
    आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म मुलपानी र टीयू क्रिकेट मैदानमा हुनेछ।
    नेपालले समूह चरणका सबै खेल त्रिवि मैदानमा खेल्नेछ।
    नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्ने तालिका छ।
    प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म मुलपानी र टीयू क्रिकेट मैदानमा हुनेछ।
    नेपाली टोली
    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै