•            
    • sajhaonlinetv. com

    • १४ कार्तिक २०८०, मंगलवार ०६:३३

    माओवादी केन्द्र द्वार सडक संघर्षको कार्यक्रम घोषणा,प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने

    सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।
    मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।
    दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।
    ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षमा यसबारे खबरदारी गरिनेछ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै