कर्णाली प्रदेशको जाजरकोट र पश्चिम रुकुम आसपासको क्षेत्रमा गएको भूकम्पपछिको राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरुको बैठक सुरु भएको छ ।
गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ । भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठक सुरु भएको हो ।