•            
    • sajhaonlinetv. com

    • २८ चैत्र २०७८, सोमबार ०४:५७

    गेटाफेलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा

    लुक डे जोङले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा हिजो आइतबार राति भएको खेलमा गेटाफेलाई ३-२ ले पराजित गरी दोस्रो स्थान मा पुग्न सफल भएको छ ।

    लिगमा लगातार सातौं जित निकालेको बार्सिलोना अंकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ ।

    लेभान्टेको घरेलु मैदानमा बार्सिलोना सुरुमा पछि परेपनि पुनरागमन गरेको थियो ।

    पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पाँच गोल भयो ।

    लेभनन्टेले घरेलु मैदानमा ३ पेनाल्टी पाउदा दुईमा मात्र गोल गर्न सफल भयो ।

    खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामोस समय टिकेन ।

    ५६औं मिनेटमा लेभान्टेले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । रोजरको पेनाल्टी प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेघनले बचाए ।

    ५९ औं मिनेटमा बार्सिलोनाका पिएरे एमरिक औबामेयाङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि खेलको ६३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ८३ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले पेनाल्टीमा गोल गरेपछि खेल २-२ को रोमाञ्चित स्थिस्तिमा पुग्यो ।

    बराबरीतर्फ धकेलिएको खेलमा लुक डे जोङले इन्जुरी टाइममा हेडमार्फत गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भयो ।

    जितपछि ३० खेलबाट ६० अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अक भए पनि सेभियालाई गोल अन्तरमा पछि पारेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा अझै १२ अंकले पछि छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै