गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दिमाग खराब’ले राम्रो ब्यापार गरिरहेको छ । यही आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’को भन्दा पनि राम्रो ब्यापार गरिरहेको छ ।
फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ तर, आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिन पुगेको छ । यो अवस्थामा फिल्मलाई लगानी सुरक्षित गर्न नै मुश्किल पर्ने देखिन्छ ।
हल व्यावसायीहरुले ‘टाइगर ३’लाई काखी च्यापेपछि ‘दिमाग खराब’का निर्माता तथा निर्देशक निश्चल बस्नेतले शुक्रबारदेखि विदेशी फिल्मसरह शो नदिए फिल्मको प्रदर्शन नै रोक्ने चेतावनी दिएका छन् । र, उनले फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०/५० प्रतिशत शेयर बाँडफाँडको समेत माग गरेका छन् । अन्यथा फिल्म देखाउन अर्को माध्यम खोजिनेको निश्चलको भनाई छ ।