•            
    • sajhaonlinetv. com

    • ३ मंसिर २०८०, आईतवार ०७:५६

    उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

    काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बोलाएको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।
    आउदो मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले साझाअनलाईन टिभी लाई बताए ।
    बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।

    सम्बन्धित खवर

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै