•            
    • sajhaonlinetv. com

    • ७ मंसिर २०८०, बिहीबार १४:१६

    जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद सजाय, ७५ हजार जरिवाना

    पोखरा ,जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी दोषी ठहर भएका छन्।
    जिल्ला अदालत कास्कीका न्यायाधीश अवानी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई दोषी ठहर गरेको हो। इजलासले छुवाछुत कसुरमा अधिकारीलाई साढे ४ महिना कैद सजाय, ७५ हजार जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले बताइन्।
    पोखरा महानगर–२४ का वडाध्यक्ष अधिकारीले सोही वडाका दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद तथा दुर्व्यवहार गरेका थिए। कास्कीकोटमा पुस १८ गते आयोजित सार्वजनिक कार्यक्रममा आफूलाई जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै नेपालीले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
    छुवाछुत आरोपमा पक्राउ परेका अधिकारीलाई माघ ६ गते भएको थुनछेक बहसमा न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
    नेपालीका पक्षबाट सरकारी वकिलका साथै अधिवक्ताहरू ईश्वर परियार, कुञ्जनी परियार ‘प्यासी’, शिव सुनारले बहस गरेका थिए।
    अधिकारीका तर्फबाट अधिवक्ताहरू नारायण शर्मा, कपिलमणि दाहाल, कमलापति पौडेललगायत १३ जनाले बहस गरेका थिए।
    फैसलापश्चात नेपालीले जातीय विभेद र छुवाछुत मुद्दामा अदालतबाट न्याय पाएको बताइन्। विभेद र छुवाछुत सहन नहुने भन्दै उनले न्यायका लागि अदालत जाँदा न्याय पाइने विश्वास व्यक्त गरिन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै