•            
    • sajhaonlinetv. com

    • १५ मंसिर २०८०, शुक्रबार १६:४८

    सबिन कुमार तोेलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल” मा नायक सलोन बस्नेत अनुबन्धित ।

    काठमाण्डौै,सबिन कुमार तोेलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल” मा नायक सलोन बस्नेत अनुबन्धित भएका छन् ।
    छहारी मल्टीमिडिया प्रा.लीको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र “राजमहल” मा लेखक तथा निर्देशक तोलाङगीले आज अनुबन्धित गरेका हुन् । बस्नेतका भन्दा अगाडी चर्चित नायक रमेश उप्रेती, चर्चित नायिका आँचल शर्मा, गरिमा शर्मा र सिम्रन पन्त अनुबन्धित भै सकेका छन् ।
    चलचित्र “राजमहल” पोखराका युवा उद्यमी यश बहादुर गुरुङ , चितवानका ब्यवसायि माधव गहतराज,शोभा श्रेष्ठ र अष्ट्रेलियाका युवा ब्यवसायि शाहिल श्रेष्ठको सम्युत्त लगानीमा निर्माण हुँदै छ । उक्त चलचित्रको छायांकन चर्चित छायांकार पुरुषोतम प्रधानले गर्दै छन भने संगित चर्चित संगितकार अर्जुन पोखरेलले गर्दै छन् । जसमा अन्तराष्ट्रिय लाइन प्रोडियुसरको रुपमा अष्ट्रेलियाका ब्यवसायि सरोज कंडेल र झगेन बराल रहेका छन् ।
    चलचित्र “राजमहल” को प्रिपोडक्सन धमाधम भैरहेको छ । चलचित्रको छायांकन सेडुएल चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने निर्देशक तोलाङ्गीले जानकारी दिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै