•            
    • sajhaonlinetv. com

    • २० मंसिर २०८०, बुधबार ०६:००

    सबिन कुमार तोलाङ्गीले निर्देशन गर्ने चलचित्र राजमहल मा संगितकार बाबुल गिरी अनुबन्धित ।

    सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र राजमहल मा चर्चित संगितकार बाबुल गिरी संगितकारको रुपमा अनुबन्धित भएका छन् ।
    छहारी मल्टी मिडियाको प्रस्तुती रहने नेपाली कथानक चलचित्र राजमहलमा लेखक तथा निर्देशक तोलाङ्गीले गिरीलाई मंगलबार अनुबन्ध गरेका हुन् । चलचित्र राजमहलमा यो अघि अर्का चर्चित संगितकार अर्जुन पोखरेल अनुबन्ध भै सकेका छन् ।
    शोभा श्रेष्ठ, यश बहादुर गुरु, माधव गहतराज र शाहिल श्रेष्ठको सम्युक्त लगानीमा निर्माण हुने चलचित्र राजमहलमा न्युजिल्याडको लाइन प्रोडियुसर श्रीया तिमल्सीना र अष्ट्रेलियाको लाइन प्रोडियुसर झगेन्द्र धिमाल र सरोज कडेल रहेका छन् ।
    चलचित्रमा चर्चित नायक रमेश उप्रेती, चर्चित नायिका आँचल शर्मा, सलोन बस्नेत,गरिमा शर्मा र सिम्रन पन्त अनुबन्धित भै सकेका छन् ।
    चलचित्र “राजमहल” को प्रिपोडक्सन धमाधम भैरहेको छ । चलचित्रको छायांकन सेडुएल चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने निर्देशक तोलाङ्गीले जानकारी दिए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै