•            
    • sajhaonlinetv. com

    • २७ मंसिर २०८०, बुधबार ०४:३३

    सोन्याज किड्स रनवेको पहिलो कार्यक्रम चितवनमा सम्पन्न

    चितवन। सोन्याज किड्स रनवे ( इभुलेशन अफ चेन्ज) को पहिलो कार्यक्रम सम्पन्न भएको छ। सोही कार्यक्रम चितवनको भरतपुरमा शनिबार सम्पन भएको हो ।
    यस कार्यक्रममा स्प्रिङकल किड्स गार्डेनका १८ जना बालबालिका सहभागी भएका थिए। यस कार्यक्रम संचालन गर्नको लागि किड्स गार्डेनको मुख्य भूमिका रहेको थियो ।
    भग लस्टको आयोजनामा सम्पन्न कार्यक्रममा १८ किड्स मोडलहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए ।
    सोन्या गुरुङको कोरियो ग्राफीमा ४ सिक्वेन्स, डान्स र ड्रामा थिममा क्याटवाकको माध्यमबाट बालबालिकाहरूले आ- आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
    यस कार्यक्रममा सहभागी भएर आफूले आफ्नो प्रस्तुति प्रस्तुत गर्न पाउँदा खुशी लागेको बालबालिकाहरूले बताएका छन् ।
    साथै अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई सोही कार्यक्रममा सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
    इभुलेशन चेन्जको मुख्य सोलोगनसहित सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो बालबालिकाको प्रतिभालाई क्याटवाक मार्फत सबैको सामु प्रस्तुत गराउन
    स्प्रिङकल किड्स गार्डेनको प्रमुख भूमिका रहेको थियो ।
    यस कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष – अप्रत्यक्ष रुपमा अभिभावकको ठूलो साथ र सहयोग रहेको र यस कार्यक्रम गर्नुको मुख्य उदेश्य बालबालिकाहरुको
    व्यक्तित्व विकासको लागि गरिएको कार्यक्रमकी आयोजक सोन्या गुरुङले बताउनुभयो।
    कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता कार्यक्रमहरु गर्ने योजना रहेको गुरुङले बताउनु भयो ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै