•            
    • sajhaonlinetv. com

    • २८ मंसिर २०८०, बिहीबार ०३:१९

    काठमाडौँ उपत्यकाको तापक्रम स्थिर,आज बिहानको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस

    काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) पनि हिजो (बुधबार) को जत्तिकै छ। उपत्यकाको तापक्रम निकै घटिरहेको छ । चिसो बढीरहेको छ ।
    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस छ। हिजो पनि उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो।
    यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। तर ६:४५ बजेको भन्दा धेरै तलमाथि हुँदैन।
    २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै