तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह निर्देशक दिनेश राउतको निर्देशनमा निर्माणधिन चलचित्र ‘पूजार सार्की’ मा एक साथ दिखिदै छन् । घरेलु फिल्मका यी चर्चित नामलाई एउटै ब्यानरमुनि समेट्न सकेकोमा राउतको चर्चा भैरहेको छ ।
यी तीनैसँग राउतको निकट सम्बन्ध छ । प्रेमकथाका फिल्ममा चलेका र त्यसमा पनि गैर-थिएटर पृष्ठभूमिका अभिनेतालाई फिल्म वृत्तमा ‘चकलेटी नायक’को शब्द प्रयोग हुँदै आएको छ । यो शब्दावलीलाई पत्याउने हो भने, यी तीन चलकेटी एक्टरले राउतको फिल्ममा सहकार्य गर्दैछन् ।










