•            
    • sajhaonlinetv. com

    • ३० मंसिर २०८०, शनिबार १३:०३

    “राजमहल”मा बरिष्ट कलाकार सरोज खनाल,मिथिला शर्मा र चर्चित मोडेल तथा टिकटकर पबित्रा साँकी (मिस पबी) अनुबन्धित

    सबिन कुमार तोलाङ्गीको निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल”मा बरिस्ठ कलाकार सरोज खनाल , मिथिल शर्मा र चर्चित मोडेल तथा टिकटकर पबित्रा साँकी (मिस पबी) अनुबन्धित भएका छन् ।
    छहारी मल्टी मिडियाको प्रस्तुती रहने नेपाली कथानक चलचित्र “राजमहल”मा लेखक तथा निर्देशक तोलाङ्गीले अनुबन्ध गरेका हुन् । चलचित्रमा यो अघिनै चर्चित नायक रमेश उप्रेती, चर्चित नायिका आँचल शर्मा, सलोन बस्नेत,गरिमा शर्मा र सिम्रन पन्त अनुबन्धित भै सकेका छन् ।
    शोभा श्रेष्ठ, यश बहादुर गुरु, माधव गहतराज र शाहिल श्रेष्ठको सम्युक्त लगानीमा निर्माण हुने चलचित्र “राजमहल”मा लाइन प्रोड्युसर कमल प्रसाद शर्मा,न्युजिल्याडको लाइन प्रोडियुसर श्रीया तिमल्सीना र अष्ट्रेलियाको लाइन प्रोडियुसर झगेन्द्र धिमाल र सरोज कडेल रहेका छन् ।
    चलचित्र “राजमहल” को प्रिपोडक्सन धमाधम भैरहेको छ । चलचित्रको छायांकन सेडुएल चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने निर्देशक तोलाङ्गीले जानकारी दिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै