काठमाण्डौ ,चर्चित गायक यम बरालको समधुर स्वर तथा संगीत रहेको गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीत गायनमा बराललाई गायिका मिरा राईले स्वरमा साथ दिएकी छन् ।
मिरा राईकै शब्द तथा बलराम समालको एरेन्ज गीतमा छ ।
गीतको म्युजिक भिडियोमा भने बुद्धी तामाङ, सुनिल तामाङ, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय देख्न सकिन्छ ।
दिलिप समनको निर्देशन रहेको भिडियो मिना बर्तौलाले निर्माण गरेकी हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, रोशन विस्वकर्माको कोरियोग्राफ्री रहेको छ ।










