बुटवल । नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल ५१० मत ल्याएर बिजयी भएका छन् ।
बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनी अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
पोेखरेलले ५१० मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् ।
अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार थिए ।










