•            
    • sajhaonlinetv. com

    • ६ पुष २०८०, शुक्रबार ०३:२०

    राजधानीको एक पाँच तारे होटलमा नेपाली फिल्म ‘राजमहल’निर्माणको घोषणा

    काठमाडौ । सविन कुमार तोलाङगीको लेखन तथा निर्देशनमा बन्ने नेपाली फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार राजधानीमा एक पाँच तारे होटलमा आयोजित पत्रकार सम्मेलनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्दै फिल्म बनाउने जानकारी दिइयो ।
    सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, आँचल शर्मा ,सलोन बस्नेत ,मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविको मुख्य भूमिका रहेने छ । मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले‘राजमहल’बाट अभिनयमा डेब्यु गर्दैछन् ।
    छायांकन माघदेखि अष्ट्रेलिया, न्यूजिल्याण्ड र नेपालमा हुने भएको छ । सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीले पनि अभिनय गर्दैछन् ।
    अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्नेछन् । शोभा श्रेष्ठ र यश गुरुङको निर्माण हुने फिल्ममा ऋषि लामिछाने र शिवराज कार्की कार्यकारी निर्माता रहने छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की छन ।
    सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल,सरोज कंडेल र माधव गहतराज छन् । निर्देशक तोलाङ्गीले कथालाई न्याय हुने गरि निर्देशन गर्ने बताए । आँचलले कथा अनुसार काम गर्ने बताइन् । अभिनेता उप्रेतीले अहिले थप कुरा नगर्ने बताएपनि उनले नारायणहिटी राजदरबार हत्याकाण्डबाट फिल्म प्रभावित हुने बताए ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै