बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।










