•            
    • sajhaonlinetv. com

    • ९ पुष २०८०, सोमबार ०९:१०

    “राजमहल” बाट कमब्याक गर्दै शिबराज कार्की ।

    कमल प्रसाद शर्मा,काठमाण्डौ, ऐतिहासिक चलचित्र “राजमहल” बाट चलचित्र निर्माणमा शिबराज कार्की कमब्याक गर्दै छन् ।
    सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल” बाट चलचित्र निर्माणमा शिबराज कार्कीले कमब्याक गर्न लागेका हुन् । कार्कीले पछिल्लो समयमा “चि मुसी चि” निर्माण गरेका थिए ।
    चलचित्र “राजमहल” मा शिबराज कार्कीको अलवा चर्चित निर्देशक ऋषि लामिछाने पनि कार्यकारी निर्मातामा जोडिएका छन् भने शोभा श्रेष्ठ, यश बहादुर गुरुङ मुख्य निर्माता रहेका छन् त्यस्तै गरि इन्टरनेशनल प्रोड्युसरमा प्रिन्स युवराज कार्की र अनिल पाण्डे रहेका छन् ।
    सह निर्मातामा शाहिल श्रेष्ठ, झगेन्द्र धिमाल, सरोज कंडेल र माधव गहतराज रहेका छन ।
    चलचित्र “राजमहल” मा मुख्य भुमिकामा रमेश उप्रेती,आँचल शर्मा, सलोन बस्नेत, सिम्रन पन्त र पबित्रा साँकी (मिस पबी) रहेका छन भने अन्य कलाकारहरु अर्जनु श्रेष्ठ,मिथिला शर्मा,सरोज खनाल, दिनेश सिग्देल,रेशम गुरुङ,अजय लामा, अजय कुमार रोका र पुजा भण्डारी रहेका छन् ।
    चलचित्र चर्चित छायांकार पुरुषोतम प्रधानले खिच्दै छन भने संगित चर्चित संगितकार अर्जुन पोखरेल र बाबुल गिरी रहेका छन् ।
    चलचित्र “राजमहल” को गत बिहिबार राजधानीको एक पाँच तारे होटलमा भब्य प्रेस मिट गरि निर्माणको घोषना गरिएको थियो । पत्रकार सँग कुरा गर्दै कार्यकारी निर्माता शिबराज कार्कीले जुन सुकै मुल्यमा उत्कृष्ठ चलचित्र बनाएरै छोड्ने प्रतिबद्धता ब्यत्त गरे ।
    निर्माता,निर्दशक र कलाकारहरुले दाबि गरे जस्तै चलचित्रको निर्माण होस हाम्रो निर्माण टिमलाई अग्रिम शुभकामना ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै