•            
    • sajhaonlinetv. com

    • १२ पुष २०८०, बिहीबार ०१:४२

    “राजमहल” बाट चलचित्र निर्माणमा जोडिदै निर्देशक ऋषि लामिछाने ।

    कमल प्रसाद शर्मा, काठमाण्डौ,ऐतिहासिक चलचित्र “राजमहल” बाट चलचित्र निर्माणमा चर्चित निर्देशक ऋषि लामिछाने जोडिएका छन् ।
    सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल” बाट चलचित्र निर्माणमा निर्देशक ऋषि लामिछाने जोडिएका छन् । थुप्रै सुपर हिट चलचित्र निर्देशन गरि सकेका निर्देशक लामिछाने चलचित्र “राजमहल” मा कार्यकारी निर्माताको भुमिकामा जोडिएका हुन् ।
    चलचित्र “राजमहल” मा लामिछानेका अलवा चर्चित शिबराज कार्की पनि कार्यकारी निर्मातामा जोडिएका छन् भने शोभा श्रेष्ठ, यश बहादुर गुरुङ मुख्य निर्माता रहेका छन् त्यस्तै गरि इन्टरनेशनल प्रोड्युसरमा प्रिन्स युवराज कार्की र अनिल पाण्डे रहेका छन् ।
    सह निर्मातामा शाहिल श्रेष्ठ, झगेन्द्र धिमाल, सरोज कंडेल र माधव गहतराज रहेका छन ।
    चलचित्र “राजमहल” मा मुख्य भुमिकामा रमेश उप्रेती, नायिका आँचल शर्मा, सलोन बस्नेत, सिम्रन पन्त र पबित्रा साँकी (मिस पबी) रहेका छन भने अन्य कलाकारहरु अर्जनु श्रेष्ठ,मिथिला शर्मा,सरोज खनाल, दिनेश सिग्देल,रेशम गुरुङ,अजय लामा, अजय कुमार रोका र पुजा भण्डारी रहेका छन् ।
    चलचित्र चर्चित छायांकार पुरुषोतम प्रधानले खिच्दै छने भने संगित चर्चित संगितकार अर्जुन पोखरेल र बाबुल गिरी रहेका छन् । चलचित्रमा समाबेश भएका गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कबिराज गहतराजले गर्दै छन् ।
    चलचित्र “राजमहल” को गत बिहिबार राजधानीको एक पाँच तारे होटलमा भब्य प्रेस मिट गरि निर्माणको घोषना गरिएको थियो । पत्रकार सँग कुरा गर्दै कार्यकारी निर्माता लामिछाने सँग कुरा गर्दै राम्रो चलचित्र निर्माण गर्न ससक्त टिम निर्र्माण गरिएको जानकारी दिए साँथै “राजमहल” का लेखक तथा निर्देशक सबिन कुमार तोलाङ्गी सँग राम्रो क्यामेष्टी मिल्ने भएकोले यही टिमले चाँडै आफ्नो निर्देशनमा दोश्रो चलचित्र निर्माणको घोषणा गर्ने जानकारी दिए ।
    दशकौ देखि निरन्तर चलचित्र निर्देशन गर्दै आएका अनुभवी निर्देशक र चलचित्र अध्ययन गरेर आएका युवा निर्देशक बिचको सामिपियताले निश्चयनै राम्रो चलचित्रको निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।
    निर्माता,निर्दशक र कलाकारहरुले दाबि गरे जस्तै चलचित्रको निर्माण होस हाम्रो निर्माण टिमलाई अग्रिम शुभकामना ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै