•            
    • sajhaonlinetv. com

    • १४ पुष २०८०, शनिबार ०८:११

    सन्दीप लामिछाने दोषी ठहर ,जेलबाहिरै बसेर पुनरावेदन गर्न पाउने

    काठमाण्डौ ,गौशाला २६ माथि बलात्कार भएको ठहरसहित जिल्ला अदालत, काठमाडौंले शुक्रबार बेलुकी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्‍यो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दा पीडित पनि बालिग भएको व्याख्या गर्‍यो ।
    सरसर्ती हेर्दा आरोपितलाई दोषी ठहर गरेको देखिए पनि जिल्ला न्यायाधीश ढकालको इजलासबाट भएको आदेशबाट सन्दीप लामिछानेलाई असीमित सहुलियत पाएका छन् ।
    पीडितलाई बालिग ठहर नगरेको भए सन्दीप तत्काल थुनामा जानुपर्थ्यो र कैदमा बसेर उच्च अदालतमा मुद्दाको पुनरावेदन गर्नुपर्थ्यो ।
    पीडितलाई बालिग ठहर गर्ने जिल्ला अदालतको फैसलापछि सन्दीपमाथिको सजाय अधिकतम १० वर्षमा सीमित भएको छ । मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था हेर्दा, १० वर्षसम्म कैद सजाय भएको मुद्दामा धरौटीमा छुटेको आरोपितले बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउछ ।
    समाचार स्रोत : onlinekhabar.com

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै