कमल प्रशाद शर्मा , काठमाण्डौ ,ऐतिहासिक बिषयमा आधारित निर्माणधिन चलचित्र “राजमहल” की नव नायिका सिम्रन पन्तले टिक टकर स्टारको ट्याग लगाइदिएकोमा दुखेसो पोखेकी छिन् ।
साझा अनलाइन टि.भि सँग कुरा गर्दै नव नायिका तथा मोडल सिम्रन पन्तले चलचित्र “राजमहल”मा नायिकाको भुमिका जोडिएर काम गर्न पाउदा निकै खुसी लागेको र चलचित्रको बारेमा समाचार प्रकासित हुँदा टिक टक स्टारको ट्याग लगाइदिदा दुख लागेको बताएकी छिन् ।
सामाजिक सञ्जाल टिक टक नेपाली युवा पुस्तामा निकै लोकप्रिय छ । नायिका तथा मोडल पन्तको टिक टक आइडीमा छ लाख भन्दा बढि फलर्सहरु छन् तर पनि उनि आफुलाई टिक टक स्टारको ट्याग लागेको मन दुखाउछिन् ।
उनको तर्क छ म टिक टक स्टार होइन मात्र एउटा युजर हुँ । मैले कहिलै टिक टक लाइभमा बसेर गेम खेलिन ,कहिलै टिक टकको लाइभमा बसेर गिफ्ट मागिन र माग्दीन पनि । मैले टिक टकलाई एउटा आफ्नो सिर्जनाहरु प्रचार तथा प्रशारको माध्यमको रुपमा मात्र लिए र लिने छु ।
एक दर्जन भन्दा आधुनिक गितहरुमा मोडलिङ गरिसकेकी पन्तको राजमहल डेब्यु चलचित्र हो । चलचित्र मा उनको कस्तो भुमिका छ भन्ने प्रश्नमा सस्पेन्स राख्ने भन्दै खोल्न चाहिनन् ।
सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल ”को गत बिहिबार राजधानीको एक पाँच तारे होटलमा भब्य प्रेस मिट सम्पन्न भएको थियो । चलचित्र यही माघको पहिलो साता देखि छायांकनमा जाने तयारी गरिरहेको छ ।










