•            
    • sajhaonlinetv. com

    • १९ पुष २०८०, बिहीबार ०८:५३

    प्रधानमन्त्री प्रचन्डका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्प कमल दाहाल (प्रचन्ड)का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
    प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार ‍‍जानकारी गराएको हो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ ।
    साझा अनलाइन टिभी सँग कुरा गर्दै गजुरेल ले भने मैले मङ्सिर २० गतेबाट नै लागु हुने गरी राजीनामा दिएको हुँ । त्यस दिनबाट म बालुवाटार र सिंहदरबार कार्यालय गएको छैन । लामो समयसम्म उहाँले राजीनामा किन होल्ड गर्नुभयो, मैले बुझेको छैन । राजीनामा स्वीकृत नहुँदा सरकार र प्रधानमन्त्रीलाई नै असर गर्छ’, उनको भनाइ थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै