•            
    • sajhaonlinetv. com

    • २४ पुष २०८०, मंगलवार ०७:४१

    ‘गोर्खा वारिअर’को प्रदर्शन मिति घोषणा,काठमाडौं सहित पोखरा र धरानमा प्रिमियर गरिने

    चर्चित निर्देशक मिलन चाम्स निर्देशित वार ड्रामा ‘गोर्खा वारिअर’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म फागुन ११ गते देशव्यापी रिलिज हुने भएको छ ।
    फिल्मको लण्डन प्रिमियरपछि नेपाली हलमा रिलिज गर्न लागिएको हो । नेपालमा राजधानी काठमाडौंसहित लाहुरे बाहुल्य सहरहरु पोखरा र धरानमा समेत यसको भव्य प्रिमियर गरिने भएको छ ।
    फिल्मको प्रवर्द्धनका लागि अभिनेता रितेश चाम्स आगामी साता लण्डनबाट काठमाडौं आउँदैछन् । जनवरी २३ मा ट्रेलर सार्वजनिक गर्ने तयारी छ । फिल्मलाई मनोज राठीको ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
    नेपालपछि एक अमेरिकी वितरण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा रिलिजको योजना बनाइरहेको निर्देशक चाम्सले जानकारी दिए । दक्षिण कोरियामा भने मिस हुँ नामक कम्पनीले कोरियाली भाषामा फिल्म रिलिज गर्दैछ । यो कम्पनीले सात वर्षका लागि प्रदर्शन अधिकार लिएको जनाइएको छ ।
    ‘गोर्खा वारिअर’ सन् २०२४ को बाफ्टा फिल्म अवार्डमा प्रवेश पाउने पहिलो नेपाली फिल्म समेत हो । मनोनयनमा नपरेपनि फिल्मले यो प्रतिष्ठित अवार्डमा प्रवेश पाउन सकेको हो । दोस्रो विश्वयुद्धको क्रममा मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र यसको सामाजिक आयामलाई फिल्ममा चित्रण गरिएको छ ।
    रितेश चाम्स फिल्मको शीर्ष भूमिकामा छन् । यो उनको डेब्यु फिल्म समेत हो । रेविका गुरुङ, विजय लामा, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरुप घले लगायतको समेत फिल्ममा अभिनय छ । निर्मातामा सुमन राई र सुस्मिता वाइबा छन् । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै