काठमाडौँ । आज शुक्रबार बाट दुई नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ देशभरका सिनेमा घरमा प्रदर्शन हुँदै छन् । घनश्याम लामिछानेको चलचित्र ‘चित्रा’ जसमा बाबु छोरीको सम्बन्धको कथा बोकेको छ भने दिपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’प्रदर्शन हुँदै छ ।
घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रूपमा राम्रा फिल्म निर्देशन गरेका थिए । घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रूपमा बाबु छोरीको कथालाई प्रस्तुत गरेको छ । ‘बाबु छोरीको कथासँगै अन्य कथाहरू पनि जोडिँदै जान्छन् । फिल्मले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन् ।
फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ ।
फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो ।