सबिन कुमार तोलाङ्गी, काठमाण्डौ राजदरबार भित्रको कथामा निर्माणधिन चलचित्र ‘राजमहल’को गीत रेकड कार्य शुरु भएको छ ।
सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र ‘राजमहल’मा चर्चित संगितकार बाबुल गिरीको संगित संयोजनमा युवा गायक तथा नेपाल आइडलका बिजेता रबि ओडको स्वर रेकड गरिएको छ ।
ऋषि लामिछाने र शिबराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा शोभा श्रेष्ठ, यश बहादुर गुरुङ निर्माता रहेका छन भने अन्तराष्ट्रिय निर्मातामा अमेरिकाका प्रिन्स युवराज कार्की र अनिल पाण्डे रहेका छन ।
छहारी मल्टी मिडिया प्रा.लीको निर्माणमा निर्माणधिन चलचित्र राजमहलमा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सिम्रन पन्त र पबित्रा साँकी (मिस पबि) मुख्य भुमिकामा देखिदै छन् । चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, दिनेश सिग्देल, रेशम गुरुङ, अजय लामा, अजय कुमार रोका, पुजा भण्डारी लगायतका कलाकारहरुको अभिनय रहने छ ।
च्लचित्रमा अन्य कलाकारहरुको पनि काष्टीङ भैरहेको निर्देशक तोलाङगीले जानकारी दिए ।
राजमहलमा सह निर्माता अष्ट्रेलिया निबासी सरोज कंडेल, साहिल श्रेष्ठ र झगेन्द्र धिमाल रहेका छन भने कमल प्रसाद शर्मा र माधव गहतराज पनि सह निर्मातामा जोडिएका छन् ।










