•            
    • sajhaonlinetv. com

    • १३ माघ २०८०, शनिबार २१:२१

    ‘ऐंचो पैंचो’की निर्देशक कृषा चौलागाईं‘पिताम्बर’ निर्देशन गर्दै

    काठमाण्डौ ,फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषा चौलागाईंले दोस्रो फिल्मको तयारीमा छन् । उनले दोस्रो फिल्मको रुपमा ‘पिताम्बर’ बनाउन लागेकी हुन् ।
    यही माघ अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको लागि उनी अहिले लोकस हेरिरहेकी छन् । लोकेसन भिजिटका लागि उनको साथमा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरी समेत तराईका विभिन्न ठाउँ घुमिरहेका छन् । फिल्मको दुई चरणमा छायांकन हुनेछ । केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले माघमा छायांकनको तयारी गरिएको हो । दोस्रो चरणको छायांकन भने फागुनपछि हुनेछ ।
    प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । फिल्मका लागि अडिसनबाट केही बालकलाकार छनोट भैसकेका छन् । फिल्मको लागि बिभिन्न चलेका नायक नायिका अफर गरिएको छ । फाइनल नभएको कारण उनले अहिले नाम उल्लेख गरिनन् । प्रमोद अग्रहरी र कामेश्वर चौरासिया भने मुख्य भूमिकामा अनुबन्धित भइसकेको बताइन्छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै