•            
    • sajhaonlinetv. com

    • २५ चैत्र २०८०, आईतवार ०१:२४

    “पर्खी बसे फर्की” आउछुको विशेष शो सप्पन्न

    काठमाडौँ । सनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा चलचित्र पर्खी बसे फर्की आउछुको विशेष शो सप्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको चलचित्रको लेखन/निर्देशन राजबहादुर सानेले गरेका छन ।
    फिल्ममा हिउँवाला गौतम , प्रेम परियार , समिक्षा बस्नेत , देव सागर, सुशील गौतम , हेमराज घर्तिमगर, पदम तामाङ , कृष्ण बहादुर थापा , रोशन थापा लगायतको अभिनय रहनेछ ।
    रोशिका फिल्मसको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा कमल प्रसाद शर्मा र खेमराज बि. क. छन् भने निर्मातामा यमकान्त भन्डारीका साथै सह निर्मातामा कृष्ण बहादुर थापा (काजी), नवराज अधिकारी , जगदीश महर, सुशील गौतम , जेनि मगर (प्रगति ) रहेका छन् ।
    फिल्ममा अरुण सुनारको छायाङ्कन पुर्ण संयोग र बसन्त सापकोटाको सङ्गीत रहेको छ । तेस्तै तारा थापा किम्भेको सम्पादन, चेतन बहादुर सामतको रङ सम्योजन, यज्ञ जङ्ग बि क को मुख्य मुख्य सहायक निर्देशन रहेको छ।
    फिल्मले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरिएको छ ।
    प्रमुख अतिथी: पुर्ब भौतिक तथा यातायात मन्त्री
    अतिथी: के पि पाठक, दिपा श्री निरौला, प्रेम नाथ अधिकारि , गोपाल कायस्थ ,

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै