•            
    • sajhaonlinetv. com

    • १७ बैशाख २०८१, सोमबार १६:२०

    सनिशा भट्टराईको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

    काठमाडौं । चर्चित मोडल तथा कलाकार सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।
    निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
    गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’, अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’मा सनिशाले अभिनय गरेकी छन् । यीसहित दर्जनौं गीतमा अभिनय गरेकी भट्टराई अहिलेकी ब्यस्त म्युजिक भिडियो कलाकार हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै