काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्ष्यतामा बसिरहेको छ ।
बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।(