•            
    • sajhaonlinetv. com

    • २६ बैशाख २०८१, बुधबार ०७:०७

    ‘खजुरे ब्रो’को काठमाडौंमा प्रिमियर

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘खजुरे ब्रो’को काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार साँझ क्यूएफएक्सको सिभिल मलमा आयोजित समारोहमा फिल्मको ‘कास्ट एण्ड क्रू’ सहभागी रहे । ‘खजुरे ब्रो’ सुरज सुनुवारले निर्देशन गरेका हुन ।
    फिल्मले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो फिल्मलाई बुधबार धरानमा समेत प्रिमियर गर्ने तयारी छ ।
    फिल्मले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ । फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ । ‘षडङ्ग’पछि निर्देशक सुनुवारको यो दोस्रो निर्देशकीय फिल्म हो । काठमाडौंसँगै दार्जिलिङ, धरान र इटहरीमा फिल्मको छायांकन गरिएको छ ।
    दिव्यदृश्य इन्टरटेनमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता हुन् । यो फिल्म वैशाख २८ देखि प्रदर्शन तयारीमा छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै