•            
    • sajhaonlinetv. com

    • ४ जेष्ठ २०८१, शुक्रबार ०३:४१

    चर्चित गायक रवि ओड ५ लाख धरौटीमा रिहा

    काठमाडौँ । चर्चित गायक रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी हिरासतमा रहेका ओड हिजो बिहीबार साँझ रिहा भएका हुन् ।
    कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।
    ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् ।
    ‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै