•            
    • sajhaonlinetv. com

    • १० जेष्ठ २०८१, बिहीबार ११:४९

    भारती इन्टरनेशनल म्युजिक अवार्ड—२०२४ सम्पन्न, साया भण्डारीले पाईन सर्वोकृष्ट लोक दोहोरी अभिनयको अवार्ड ।

    काठमाण्डौ, भारती पिक्चर्ज प्रा.लिको आयोजनमा सम्पन्न भारती इन्टरनेशनल म्युजिक अवार्ड—२४ को सर्वोकृष्ट लोक दोहोरी अभिनयको अवार्ड साया भण्डारीले पाएकी छिन ।
    भारती पिक्चर्ज प्रा.लिको आयोजनमा भारतको चण्डीगढमा यही बैशाख १६ गते सम्पन्न भारती इन्टरनेशनल म्युजिक अवार्ड—२४ को सर्वोकृष्ट लोक दोहोरी अभिनयको अवार्ड साया भण्डारीले पाएकी हुन । भण्डारीले चर्चित गायक बिष्णु खत्रिको शब्द, संगित र स्वर रहेको लोक गित “बिचल्ली”बाट सर्वोकृष्ट लोक दोहोरी अभिनयको अवार्ड ( महिला तर्फ ) को उपाधि प्राप्त गरेकी हुन ।
    भण्डारी नेपाली म्युजिक तथा चलचित्र क्षेत्रमा एक दसक देखी सकृय छिन् । उनले छ सय भन्दा बढी आधुनिक तथा लोक गीत को म्युजिक भिडियोमा मोडेलिङ गरिसकेकी छिन् । एक दर्जन भन्दा बढी सर्वोकृष्ट मोडलको अवार्ड जितेकी छिन् भने उनी टेलि चलचित्र मेरी बास्सै, गाह्रो छ हो ,गोलमाल र बिर्खे जस्ता चर्चित टेलि चलचित्रमा निरन्तर काम गरिरहेकी छिन् ।
    भण्डारी आफ्नै निर्माणमा “तपस्या” नामको टेली चलचित्र निर्माण को तयारीमा छिन । जहाँ मुख्य अभिनय उनकै रहने छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै