काठमाण्डौ ,प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी बीच आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन्।
अहिले एकातर्फ कांग्रेस सांसदहरू वेल घेर्दै नाराबाजी गरिरहेका छन्, भने सत्तापक्षका सांसदहरू नीति तथा कार्यक्रममा सहभागी भएका छन्।
नेकपा एमालेका सांसद विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्ले लगायत छलफलमा भाग लिएका छन्।










