काठमाण्डौ,अमेरिकी पूर्वराष्ट्रपति तथा उद्धोगपती डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।
२०२४ मा रिपब्लिकन उम्मेदवार ट्रम्पविरुद्ध आगामी जुलाई ११ मा सजाय सुनाइनेछ । ट्रम्पलाई जेल सजाय पनि हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।










