•            
    • sajhaonlinetv. com

    • २३ जेष्ठ २०८१, बुधबार ०३:२५

    विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्।
    मुख्यमन्त्री यादवले विश्वासका मत लिने प्रयोजनका लागि बुधबार दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाएको संसद् सचिवालयले जानकारी दिएको छ। उनले आज पाँचौं पटक विश्वासको मत लिँदैछन्।
    मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावन भने न्यून छ।
    सत्ता साझेदावर एकीकृत समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिइसकेको छ। उसले समर्थन पनि फिर्ता लिइसकेको छ।
    अब मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी, नेपालका १९ सांसद छन्
    १०७ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक हुन्छ।
    सभामुखसहित २५ सांसद रहेको नेकपा (एमाले), १३ सांसद जनमत पार्टी, ९ सांसद रहेको माओवादी केन्द्र र सात सांसद रहेको एकीकृत समाजवादीले नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्।
    उनीहरूले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका हुन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै