काठमाण्डौ,अमेरिकाको सान फान्सान्सीस क्यालिफोर्निया निबासी युवा ब्यावसायि तथा समाज सेवी प्रिन्स युवराज कार्की चलचित्र निर्माण मा अग्रसर भएका छन ।
अहिले उनी ऐतिहासिक बिषयमा आधारित नेपाली चलचित्र “राजमहल” को निर्माणका लागि नेपाल आएका हुन् । केही समय अगाडी नै औपचारिक घोषणा भैसकेको चलचित्र “राजमहल” को स्कृप्ट सम्पादन र काष्टीङको काम भैरहेको छ ।
सबिन कुमार तोलाङगीको लेखन तथा निर्देशनमा निर्माणधिन चलचित्र “राजमहल” मा प्रिन्स युवराज कार्कीको अलवा शिबराज कार्की, ऋषि लामिछाने, शोभा श्रेष्ठ र अनिल पाण्डे निर्माता रहेका छन् भने सह निर्मातामा माधव गहतराज,झगेन्द्र धिमाल, सरोज कंडेल ,शाहिल श्रेष्ठ र कमल प्रसाद शर्मा रहेका छन् ।
मुख्य कलाकारमा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सिम्रन पन्त, मिस पबी,सरोज खनाल, अर्जुन श्रेष्ठ र मिथिला शर्मा रहेका छन् ।
सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको रुपमा परिचित पनि छन्।नेपाली चलचित्र जगतका व्यक्तित्वलाई अमेरिकामा राम्रो स्वागत र सम्मान गरेर एउटा राम्रो उचाईमा चलचित्र कर्मीहरुलाई राख्दै आएका कार्कीले टेलिभिजन कार्यक्रम सफलताको कथामा अभिनेता राजेश हमाल संग आफ्नो सफलताको कथा र आफ्नो संघर्षको कथा सुनाएका छन्।
सफलताको कथामा युवा व्यवसायी प्रिन्सले आफ्ना तितामिठा कुराहरु सेयर गरेका छन् । प्रिन्स युवराज सामाजिक कार्यमा पनि निकै सकृय रहने गरेका छन् । आफ्नो जिवनमा उनले यो स्थानसम्म पुग्न निकै संघ्रर्ष गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा एभरेस्ट कुजिन नाममा २ वटा रेस्टुरेन्ट,काफल नाममा एक वटा रेस्टुरेन्ट, एभरेस्ट डिजिटल फुड टेक्नोलोजी,ओम लक्ष्मी नारायण रियल स्टेटमा उनको लगानी रहेको छ।
प्रवासमा रहेर नेपाली कला र नेपाली कलाकर्मीहरुलाई एकदमै सम्मान गर्ने कार्की अब नेपाली सिनेमामा केहि गर्ने योजनाका साथ लागेका छन्। अमेरिकामा हुने बिभिन्न सांगीतिक तथा सिनेमाका कार्यक्रमहरुमा सक्रियताका साथ लाग्ने कार्की नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ अघि बढी रहेका छन्। आफ्नो दाइ पनि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएकोले आफुलाई पनि चलचित्र क्षेत्रमा अघि बढ्न सजिलो हुने कार्कीले बताए।