•            
    • sajhaonlinetv. com

    • २५ जेष्ठ २०८१, शुक्रबार ०५:१४

    ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ आज (शुक्रबार)देखि प्रदर्शनमा

    काठमाण्डौ ,चर्चित निर्देशक नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएका छन्।
    विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।
    पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बाँसको चोयाको काम गर्ने माइलाको परिवारमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा फिल्मले प्रस्तुत गर्छ।
    महेश राईको कथा, उनी र निर्देशक सुब्बाको पटकथा लेखन रहेको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो। आमोद राई र निर्देशक सुब्बा यसका निर्माता हुन्।
    त्यस्तै, ‘लण्डन टु पेरिस’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्माको मुख्य अभिनय छ।
    फिल्मले यात्राको प्रेमकथालाई प्रस्तुत गरेको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको फिल्मको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना छन्।
    शुक्रबारदेखि हलमा ‘हाइक्यू : डम्प्सटर ब्याटल, मुन्ज्या र ब्याड ब्वायज : राइड अर डाइ’ गरी तीन विदेशी फिल्म पनि रिलिज भएका छन्।
    जेठ १० मा रिलिज भएका नेपाली फिल्म ‘पुजार सार्की र फर्की फर्की’ भने तेस्रो सातामा प्रदर्शनरत छन्।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै