•            
    • sajhaonlinetv. com

    • २८ जेष्ठ २०८१, सोमबार ०४:१६

    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    कास्की ,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।
    संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।
    ६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
    पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ ।
    त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् । उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए ।
    `अरू ३० सिट पुगे म मत दिन्छु,´ उनले भने । ३१ सिट पुर्‍याउन बाँकी हुने १ सिट पाण्डे विपक्षी गठबन्धनबाटै चोर्नुपर्छ । धेरैले नेसपा नेता तथा माओवादीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्न सक्ने आशङ्का गरेका छन् ।
    तर माओवादी चाहिँ फ्लोर क्रस नहुने दाबी गर्छ । त्यसो त देवकोटा आइतबार भएको संसदीय दलको बैठकमा पन सहभागी थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै