आज बिहान पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस कारसँग ठोकिएपछि त्रिशूली नदी किनारमा खसेको छ।
काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएपछि बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ।










