काठमाण्डौ ,चर्चित गायिका अस्मिता अधिकारीले गायक महेश काफ्ले सँग इन्गेजमेन्ट गरेकी छिन ।
दुबईको प्रख्यात बुर्ज खलिफालाई पृष्ठभूमिमा राखेर महेशले अस्मितालाई औँठी लगाइदिएका हुन्।
महेशले फेसबुकमा अस्मितासँगका तस्बिरहरु राख्दै आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। ‘सहयात्राको सुरुवात। वी आर इन्गेज्ड। आई लब यू,’ महेशले फेसबुकमा लेखेका छ्न्।
युवापुस्तामाझ लोकप्रिय महेश र अस्मिता केही वर्षयता प्रेमसम्बन्धमा थिए। दुवैले लज्जावती झार, तिमी सँगसँगै हिड्ने, लाइटरले बिडी सल्केको लगायत गीतमा सहकार्य गरिसकेका छ्न्।