•            
    • sajhaonlinetv. com

    • ७ असार २०८१, बिहीबार ०७:१२

    भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका लागि गरिएको थिएन : प्रधानमन्त्री(प्रचण्ड)

    काठमाण्डौ ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्नका लागि नभएको बताएका छन्।
    आज बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि पनि यस्ता किसिमका अनौपचारिक भ्रमण हुने गरेको बताए। उनी केही दिन अगाडि छिमेकी राष्ट्र भारत भ्रमन गरेका थिए ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी गत जेठ २७ र २८ गने भारत भ्रमणमा गएका थिए।
    ‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो, सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो, यो पटकको भ्रमण त्यो किसिमको होइन,’ उनले भने।
    प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमणको बारेमा बुझ्नु, जानकारी चाहनु विल्कुल स्वभाविक ठानेको पनि बताए।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै