आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार छैटौं जित कायम राखेको छ।
गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं जित निकालेको हो।
सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।
गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक हाने। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए।
लियम लिभिङस्टोनले १७ बलमा ३ चौका र २ छक्का हानेर ३३ रन जोडे।
कप्तान जोश बट्लर १७ रन बनाएर आउट भए। जोनी बैर्स्टो १६, फिल सल्ट ११, मोइन अली ९ रनमा आउट भए।










