काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू यो प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् ।
आज शनिबार राष्ट्रिय तामाङ मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै भने आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् ।
अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन’, प्रधानमन्त्री प्रचण्डले भने ।
आफू सत्ता समीकरणमा रहेका दलहरुबीचको समझदारीमा आफू इमान्दार रहेको प्रचण्डले बताए ।










