चर्चित गायक हिमाल सागरको स्वर तथा संगित रहेको गीत “नमैले लेखे नउनले लेखिन्”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिस बर्ष पछि फेरि नयाँ स्वादमा उक्त गितको म्युजिक भिडियो निर्माण गरिएको छ । ऊक्त भिडियोमा चर्चित नायिका केकी अधिकारीले गायक हिमाल सागर सँग अभिनय गरेकी छिन् ।
मानस केसीको शब्द, योगेस काजि शाहको यारेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन निकेस खड्काले गरेका छन् भने निर्माण भुवन गिरी, रुपेश थापा र प्रज्वल गिरीको रहेको छ ।